श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइने

१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितको लागी आवाज उठाउँदै दिवस मनाउने जनाएको हो ।

दिवसको श्रमिक रोजगारदाताहरुलाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरणको हाम्रो अभियान तय गरिएको केन्द्रले जनाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट एवं केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले मे १ तरिकाका दिन नेपालको श्रम बजारमा भएका समस्या र श्रम बजारले पाएका उपलब्धिको समीक्षा गर्दै दिवस मनाउने जानकारी दिए । श्रमिकले अहिले सम्म भोगेको समस्या समाधानका लागी श्रमिकहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने जिफन्टको भनाई छ ।

सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।
टिभि अन्नपूर्ण

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित