सार्वजनिक जग्गा अतिक्रमणप्रति नेफेजको ध्यानाकर्षण

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेफेजले काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेको अतिक्रमण र त्यसमाथि उठेका क्रिया प्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरीमा बनाइएको रिसोर्टलगायत अतिक्रममण र दोहन बारेमा ध्यानाकर्षण भएको जनाएको हो।

नेफेजका अध्यक्ष कसमस विश्वकर्माले आज एक विज्ञप्तिमार्फत कुनै पनि शहरको सौन्दर्य बढाउन खुल्ला ठाउँको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै घना आवादी वरपर रहेको मखुल्लामञ्च जस्ता खाली ठाउँले विगतमा सर्वसाधारणलाई विपद्का बेला आश्रय दिएको थियो र भविष्यमा पनि यसको आवश्यकता रहेको औँल्याए।

“सहरको सौन्दर्य खुल्ला ठाउँको संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेनालगायतका निकाय त्यस्ता ठाउँ खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैमा दुःखद हो” विज्ञप्तिमा भनिएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित