दिपायल सिलगढी नगर साक्षर घोषित

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ।

नगरपालिकामा रहेका नौवटै वडाका स्थानीय साक्षर भएको भन्दै वडा साक्षर घोषणा गरिएसँगै पूरै नगरपालिकालाई नै आज साक्षर नगरपालिका घोषणा गरिएको हो।

नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ७८ प्रतिशत नागरिक साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताए।

उनले भने, ‘हाम्रो नगरपालिकामा ९६.७८ प्रतिशत नागरिक साक्षर भएकाले हामीले साक्षर नगरपालिका घोषणा गरेका हौँ।’

नगरपालिकाका सम्पूर्ण वडालाई शनिबार एकै दिन वडावडामा कार्यक्रम आयोजना गरी साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख मञ्जु थापाले जानकारी दिए।

जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले नगरपालिकालाई जिल्लाको पहिलो स्थानीय तहका रुपमा साक्षर घोषणा गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी भएको र सोचेअनुसार प्रतिफल नआइरहेको भन्दै शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘शिक्षा क्षेत्रमा लगानी गरिएअनुसार प्रतिफल पाउन सकेको देखिएन, सबै सरोकारवालाले लगानीअनुसार प्रतिफल पाउनेपर्ने भूमिका खेल्नुपर्ने भएको छ।’
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित