शेयर बजारमा २२ अङ्कको वृद्धि: डेढ अर्ब माथिको कारोवार

काठमाडौं। धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ। प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ। कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए। पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोवार भएको पहिलो पटक हो।

बजार विस्तारसँगै कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ। कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेका छन् भने आठ उपसमूहको शेयर भने बढेको छ। बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ विन्दुले घटेका छन्। यस्तै होटल ९०.४, विकास बैंक ६.१, जलविद्युत् ६२.५८, निर्जीवन बीमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बीमा ६२९.३८ विन्दुले बढेको छ।

जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनु परेको थियो। स्टकका अनुसार आज नेपाल बैंकको मात्रै २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोवार भएको छ। छिमेकी लघुवित्त विकास बैंकको नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन्।

यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाए।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित