उपत्यकाका अधिकांश सवारीमा प्रदुषण फेल

काठमाण्डौ : उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदुषण फेल रहेको देखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदुषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।

महाशाखाले गएको चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदुषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदुषण फेल देखिएको बताए । ‘ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदुषण जाँच गर्न सकिएको छैन’, उनले भने ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियान–२०७५ अन्तर्गत करिडोर खोल्ने, जेब्राक्रसिङ निर्माण, आकाशे पुल निर्माण, प्रदुषण जाँचलगायतका काम गर्दै आएको छ । ट्राफिक प्रहरीले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदुषण जाँच गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाण्डौ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।
टिभि अन्नपूर्ण

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित