झापा । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रवार विहान २ बजे बर्षासँगै परेको चट्याङले हानेका थिए।
चट्याङ लागेर गम्भिर घाइते भएका राजवंशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
गत चैत २३ गते चट्याङ लागेर मेचीनगर नगरपालिका १५ ज्यामिरगढी बस्ने ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको थियो।
चट्याङ लागेर मृतक राउतका श्रीमती ३५ वर्षीया सुनिता राउत र उनका भाउजु ३६ वर्षीया मञ्जु राउत समेत घाइते भएकी थिइन्।





