धनुषा । गणेशमान चारनाथ नगरपालिका ५चिसापानीबाटसिन्धुली नगरपालिका १ का २५ बर्षीय किरण धामीलाईअवैध सालको चौकस २७ थान सहित बुधबार साँझ प्रहरीलेपक्राउ गरेको छ।
सोही ठाउँस्थित सिन्धुली गोदार भित्री सडकमा प्रहरी चौकीचिसापानी, धनुषाबाट खटिएको प्रहरी टोलीले सिन्धुलीबाट धनुषातर्फजाँदै गरेको ना ५ त ९५०१ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त परिमाणको सालको चौकस सहित फेला पारीचालक धामीलाईपक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





