हतियार र लागुऔषधसहित पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट कीर्तिपुर पाँगा बस्ने बारा पतरहट्टा गाउँपालिका–२ का प्रिन्सकुमार सिंहलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले बिहिबार पक्राउ गरेको छ । नाइट्रोभेट १५० ट्याबलेटसहित प्रहरीले सिंहलाई कलङ्कीबाट पक्राउ गरिएको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानबाट काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाड्मुसलाई हतियारसहित पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीले उनको हाते ब्याग जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुकजस्तो देखिने कालो रङ्गको हतियार एक थान र १७७ क्यालिबरको गोलीको प्याकेट तीन थान फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार साँझ पक्राउ परेका उनको विषयमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित