मोटरसाइकलसहित दुई जनालाई पक्राऊ

गौशाला : महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा बुधबार साँझ पक्राऊ गरेको हो । सो मोटरसाइकल औरही नगरपालिका–५ बस्ने रामविनय मुखियाको रहेको छ । जुन गत भदौ महिनामा हराएको थियो ।

त्यस्तै सहनीलाई बीआर ३० एस ०६२९ नम्बरको भारतीय नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा सोही स्थानबाट पक्राऊ गरिएको हो । सो मोटरसाइकल जिल्लाकै सम्सी बजारको बाटोमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित