खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

बाँके । उपराष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले भने, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।” निर्धारित समयमै खेलकूद सम्पन्न गरेकामा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै उनले बाँकी रहेका पूर्वाधार सम्पन्न गर्नका लागि पनि अनुरोध गरे । उनले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औँ दक्षिण एशियाली खेलकूदको तयारीमा जुट्न आग्रह गरे ।

कावा राष्ट्रपति पुनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद पनि दिए । यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति पुनले गरेका हुन् । उपराष्ट्रपति पुन आज कोहलपुरमा रहने र बिहीबार बर्दियाको बाँसगढी नगरपालिकास्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी काठमाडौँ फर्किने बताइएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित