काठमाडौं । झापा र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका ४ पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा बा २१ च ३२२८ नम्बरको भ्यान मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा भ्यानमा सवार दमक नगरपालिका ७ बस्ने ६५ वर्षीय महेश साह गम्भीर घाइते भएकाले लाइफ लाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा र सोही ठाउँ बस्ने ३० वर्षीय सन्त बहादुर तामाङलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै पाल्पा, रामपुर नगरपालिका ४ ईस्लामपुरमा ग २ च ३०९४ नम्बरको बलेरो जीप ब्याक गर्ने क्रममा ठक्कर दिंदा मंगलबार बिहान गम्भीर घाइते भएकी सोही बस्ने पैदलयात्री ७५ वर्षीया सकिना मियाको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





