काठमाडौं । मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको पत्ता लगाएको हो। मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि अख्तियारले मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँचविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्युपछि किर्ते गरी नामसारी गरिएको हो। उनको मृत्युपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ।
हामी हकदारका नाममा नामसारी गर्न बाँकी रहेको भन्दै कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा मालपोत कार्यालय, धरानका अधिकृत भट्टराईको संलग्नता रहेको अख्तियारको आरोप छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
डिसी नेपाल





