एनआरएनए यूकेको अध्यक्षमा ५ जनाको दावी निर्वाचन आगामी सेप्टेम्वर १४ मा हुने

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको भावी नेतृत्वको लागि होडबाजी शुरु भएको छ । सोमवार नटिंघममा बसेको बैठकले सेप्टेम्वर १४ तारिखमा नयाँ नेतृत्वको लागि निर्वाचन र १५ तारिख साधारणसभा गर्ने निर्णय गरेको महासचिव राजकुमार त्रिपाठीले जानकारी दिएका छन् । संघको ८ औं महाधिवेशन आगामी सेप्टेम्वर १४ र १५ तारिख अल्डरशटमा हुने भएको छ । उक्त निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न इच्छुक व्यक्तिहरुले आगामी जुलाई ३१ तारिखभित्र संघको पन्जिकृत सदस्यको लागि आवेदन दिई सक्नु पर्नेछ । आगामी नयां नेतृत्वको लागि वर्तमान उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, शुशिला राई, प्रेमगाहा मगर, ललित न्यौपानेले अध्यक्ष पदको लागि आकांक्षी भएको बैठकमा जानकारी गराएका छन् । यस्तै सदस्य अर्कराज तिमल्सिनाले संघको केन्द्रीय सदस्यमा जाने इच्छा देखाएका थिए भने राजन खकुरेलले कोषाध्यक्षको जिम्मेवारी लिन इच्छुक भएको वताएका थिए । सदस्य जीत रानाभाटले आउने कार्यसमितिमा सचिवको पदमा उम्मेदवारी दिने वताएका थिए । बैठकले मे २५ तारिख अल्डरशटमा एनआरएन बहस कार्यक्रम गर्न उपमहासचिव विनय अधिकारीलाई संयोजक तोकेको छ । सदस्यतालाई व्यवस्थित गर्न संघले छुट्टै सचिवालय संचालन गर्ने भएको छ । सो सचिवालयको कार्यालय सचिवको रुपमा पूर्ण गुरुङ रहने छन् । यस्तै अध्यक्ष योग कुमार फगामी तथा महासचिव राजकुमार त्रिपाठी रहेको एक सदस्यता सम्वन्धी समिति गठन गरिएको छ । बैठकले सदस्यता सम्वन्धी विवादको अन्तिम निर्णय लिने अधिकार फगामी र त्रिपाठीलाई दिइएको छ । महासचिव त्रिपाठीका अनुसार सदस्यता सम्वन्धी कुनै विवाद उत्पन्न भएमा संघको सचिवालयमा उजुरी दिन सकिनेछ ।
बैठकले सदस्यता नविकरण वा नयाँ सदस्यता लिनेहरुको सुविधाको लागि अनलाइन तथा कागजी फारम दुबैलाई मान्यता दिने निर्णय गरेको छ । एनआरएन युकेको सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ ।
उपमहासचिव विनय अधिकारीका अनुसार निर्वाचन समितिको गठन १९ मेमा हुने अर्को बैठकले गर्ने निर्णय भएको छ । संघका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा बसेको बैठकमा उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, शुशिला राई, प्रेमगाहा मगर, ललित न्यौपाने, महासचिव राजकुमार त्रिपाठी, उपहासचिव विनय अधिकारी, सचिव तारानाथ भण्डारी, सदस्यहरु होमनाथ पौडेल, नारायण गाउँले, रामचन्द्र पोखरेल, राजन खकुरेल, गंगा राना, जीत रानाभाट, अर्कराज तिमल्सिना लगायतको उपस्थिती थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित