जीपको ठक्करबाट बृद्धाको मृत्यु

बेझाड । रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ ।

आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई जीपले ठक्कर दिएको थियो ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित