काठमाडौँ । नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौँ आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बेवारिसे अवस्थामा कपडा भन्सार छलेर ल्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उक्त बसबाट कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, सल १० सेट, टप्स कुर्ता ५६० थान बरामद गरेको छ । उक्त सामग्रीको बजार मूल्य रु सात लाख २९ हजार रहेको प्रहरीले बताएको छ । बरामद भएको कपडालाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइने प्रहरीले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित