काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

दमक । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन्।

संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकिर थियो।

झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए।

उनले भने, ‘काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन।’ काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो।

प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, ‘यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो।” वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाइ थियो।

जिल्लाको दमकमा आज हुने काङ्ग्रेस क्षेत्रीय समितिको भवन उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुन पार्टी सभापतिसहितका शीर्ष नेता झापा आएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित