शेयर बजारः ७.२६ बिन्दुले घट्यो

काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज बिराम लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झरेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ बिन्दुले घटेर २७१।३७ बिन्दुमा झरेको छ। कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भयो।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर बढेको छ। त्यसमा व्यापार २.७, निर्जीवन बीमा ६४.८५, उत्पादन २३.९८ र जीवन बीमा १५४.२९ बिन्दुले बढेको छ।

यस्तै बैंकिङ १३.८९, होटल २४.९७, विकास बैंक १२.९८, जलविद्युत् १.८८, वित्त १.५२, अन्य ४.९७ र लघुवित्त २०.९८ बिन्दुले घटेका छन्। स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३१० मा नौ करोड ३६ लाख ४० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा छ।

यस्तै सिभिल बैंकको चार करोड तीन लाख ९५ हजार, प्रभु बैंक तीन करोड ८८ लाख ४८ हजार, एनआइसी एशिया तीन करोड ८८ लाख नौ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे। स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७७ प्रतिशतले कमाए।

यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.४१, युनिलिभर नेपाल ४.०३, स्ट्याण्र्डड चाटर्ड बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यसैगरी माउण्टेन हाइड्रोका शेयरधनीले ५.२०, नेपाल एसबिआई बैंक ४.६९, नेशनल हाइड्रोपावर ४.१६ तथा हिमालयन बैंकका शेयरधनीले ४.१३ प्रतिशतले गुमाए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित