गोर्खा अनलाइन रेडियो यूके,
बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूकेको सयूक्त आयोजना तथा नेपाली राजदूताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा आगामी मे १२ आइतबारका दिन लन्डनको केन्द्रमा रहेको ट्राफलगर स्क्वाएरमा २५६३औं बुद्ध जयन्ती मनाइने भएको हुँदा गौतम बुद्धको शान्ति उपदेश र बुद्धको जन्मस्थल नेपालमा नै हो भन्ने सन्देश विश्वमाझ फैल्याउने उद्देश्य लगायत नेपाल भ्रमण वर्ष २०२० अर्थात भिजिट नेपाल ट्वेन्टी ट्वेन्टी लाई सफल पार्नको लागी आयोजना गरिएको नेपाल र नेपालीकै गौरव बोकेको यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि उक्त दिन लण्डनको केन्द्र ट्राफलगर स्क्वाएरमा उपस्थित भइदिनको लागि सम्पूर्ण बेलायातवासी नेपालीहरुमा हार्दिक निमंत्रना गरिएको छ ।
नेपाली कला संस्कृति तथा परम्पराको समेत प्रबर्धन हुने भएकाले नेपाल र नेपालीपन झल्किने खालका पोशाक तथा सामग्रीहरुको साथमा उपस्थित हुन समेत विशेष अनुरोध गरिन्छ ।
आयोजक – बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूके लगायत नेपाली राजदूताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा
कार्यक्रम हुने मिति – सन् २०१९ को मे १२ तारिख आइतबारका दिन
स्थान – ट्राफलगर स्क्वाएर, लन्डन
समय – दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म
सम्पर्क – 07943 866 690 , 07877 186 545
[embedyt] https://www.youtube.com/watch?v=bcWf2WX1qH0[/embedyt]





