आगलागीबाट १५ लाखभन्दा बढी धनमाल नष्ट

काठमाडौं । मोरङ र ताप्लेजुङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

मोरङ, बेलबारी नगरपालिका ९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आइतबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायत अन्य जिन्सीका सामानहरु समेत जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका २ देलिङगे बस्ने मन कुमारी मादेनको फुसको छाना भएको घरमा आइतबार बिहान आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित