Home > Blog > नेपाली-बंगला सांस्कृतिक कार्यक्रम २०१९ भब्य रुपमा सम्पन्न

नेपाली-बंगला सांस्कृतिक कार्यक्रम २०१९ भब्य रुपमा सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

समता स्कुल,ढाका, बङ्लादेश लाई सहयोग गर्ने हेतुले नेपाल एम्बेस्सी बङ्लादेश, बङ्लादेशमा अध्ययनरत नेपाली बिद्यार्थी, बङ्लादेश नेपाल फ्रेन्डसीप सोसाइटी, नेपाली एक्पातृएत कम्युनिटीले संयुक्त रुपमा Nepali – Bangla Cultural Night 2019 को आयोजना गरेको थियो।

कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार, समाज रुपान्तरणको अभियानमा सरिक मह-जोडि, समता स्कुलका संस्थापक उत्तम सन्जेल, समता कलेजका प्रीन्सिपल अजय अधिकारी सुशील, समता स्कुलकि अल्मुनाइ डा. भावना तामाङ, रास्ट्रीय नाच घरका कलाकारहरु, बाङ्लादेश सरकारका नागरिक उड्ड्यन तथा पर्यटन राज्यमन्त्री महबुब, बङ्लादेश कि पप गायिका मेहरिन मुख्य आकर्षक रहनु भएको थियो।

विभिन्न देशका राजदुतहरु समेत उपस्थित कार्यक्रममा उपस्तिथ अतिथीहरुलाई बङ्लादेशको लागि कार्यवाहक नेपाली राजदुत धनबहादुर ओलिले स्वागत गर्नु भएको थियो । बङ्लादेश नेशनल म्युजियममा गरिएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्काउने मन्जुश्री नृत्य, लाखे नाच त्येसै गरि मह-जोडिको चर्चित मदनबहादुर हरिबहादुर अभिनय प्रस्तुत गरिएको थियो भने मह जोडिका हरिवंश आचार्यले भने साझा बस र आफ्ना केही चर्चित गितहरु समेत गाउनु भएको थियो।

बङ्लादेशकि पप गायिकाले रातो र चन्द्र सुर्य सङै आफ्ना अन्य गितहरु मार्फत उपस्थितलाई मनोरन्जन गराएकी थिइन। रास्ट्रीय नाच घरका कलाकारहरुले नेपालको मौलिक्त, सस्कृती झन्किने नृत्यहरु प्रस्तुत गरेका थिए। यसै बर्ष देखि बङ्लादेशमा सुरु भएको समता स्कुल, बङ्लादेशमा हाल ५० जना बिद्यार्थी अध्यनरत रहेको जानकारी समता स्कुलका संस्थापक उत्तम सन्जेलले दिनुभएको छ।

नेपालको ७७ वटा जिल्लामा ८० वटा स्कुल र अन्तरास्ट्रिय जगतमा ईन्डिया, बङ्लादेश, श्रीलन्का गरि १२ वटा देशमा हाल समता स्कुल सन्चालनमा रहेको र छिटै लेटिन अमेरिका र अफ़्रिकि देशहरुमा समेत सन्चालनमा ल्याउने जानकारी उत्तम सन्जेल ले दिनु भएको छ। त्यस्तै कार्यक्रममा बङ्लादेशको विभिन्न कलेजमा विभिन्न बिधामा अध्यनरत नेपाली बिधार्थीहरुको बाक्लो उपस्तिथि रहेको जानकारी नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन का अध्यक्ष नवीन यादबले जनाउनु भएको छ ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1