Home > Blog > ग्रेटर रशमुर नेपाली कम्युनिटी यूकेद्वारा नयां वर्ष कार्यक्रम सम्पन्न

ग्रेटर रशमुर नेपाली कम्युनिटी यूकेद्वारा नयां वर्ष कार्यक्रम सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

अल्डरशट । ग्रेटर रशमुर नेपाली कम्युनिटी यूकेले नेपाली नयां वर्ष २०७६ एक विशेह्स कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । १३ अप्रिल शनिवार साँझ अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न उक्त कार्यक्रममा सैयौंको संख्यामा नेपाली तथा विदेशी पाहुनाहरुको समेत उपस्थिति रहेको थियो । स्थानिय मेयर डेविड किल्फोर्डको उपस्थिलाई नौमती बाजाको साथमा स्वागत गरिएको थियो । संस्थाका अध्यक्ष जीव बेलवासेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानिय मेयर स्टीभ मास्टरसन , गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामी, काउन्सिलर डेविड किल्फोर्ड लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिए । छोटो छरितो रुपमा संचालित कार्यक्रममा सहभागी कलाकारहरुलाई सम्मान तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रमलाई मनोरन्जनपूर्ण बनाउनको लागि नेपालबाट सुनितामी परियार, मदन नेपालीलाई सृजनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जीको संयोजनमा उपस्थिति गराइएको थियो । स्थानीय नयां पुस्ताका कलाकारहरुले पनि मनोरंजन दिलाएका थिए ।कार्यक्रममा नेपाली गीतसंगीतका साथमा नौमती बाजाले थप मनोरन्जनात्मक बनाएको थियो । युवाहरुको धुकधुकी जय अथर आवद्ध रहेको युथ ब्यान्डले समेत प्रस्तुती दिएको थियो । सन् २०१३ मा स्थापित यस संस्थाले हरेक वर्ष नेपाली नयां वर्षको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आइरहेको छ । बाँकी फोटो हेर्नुहोस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1