Home > Blog > फाइनलमा आर्मी र छन्त्याल भिड्ने

फाइनलमा आर्मी र छन्त्याल भिड्ने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङ– खुला कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनलका लागि आर्मी र छन्त्याल कन्स्ट्रक्सन भिड्ने भएका छन् । चैतेदशै मेलाको अवसरमा बागलुङ भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा आइतवारका सेमीफाइनल खेलबाट आर्मी र छन्त्याल फाइनलका लागि छनौट भएका हुन् ।

नेपाली सेनाको २३ नम्बर बाहिनीले आइतवार अनेरास्ववियु लाई र छन्त्यालले काठेखोला गाउँपालिका लाई जितेर फाइनल यात्रा तय गरेका छन् । खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनीले अनेरास्ववियुलाई ३ –२ को सेटमा हराएको थियो भने छन्त्यालले काठेखोलालाई ३–१ को सेटमा हराएको हो ।

आर्मीले १८–२५, २५–१५, २५–१७, २०–२५ र १५–११ को सेटमा अनेरास्ववियुलाई हराएको हो । छन्तयालले काठेखोलालाई २५–१६, २५–२२, २१–२५ र २५– १० को सेटमा हराएको थियो । फाइनल खेल मेलाको अन्तिम दिन संचालन हुने आयोजक मनबहादुर थापाले बताए ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1