विराटनगर : विराटनगर महानगरपालिका–१६ दरैयामा आइतबार दिउँसो पेस्तोल फेला परेको छ ।
बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले मेडइन युएसए लेखिएको नाइन एमएम पेस्तोल र दुई राउण्ड गोली फेला परेको जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले बाँस झ्याङलाई सिल गरेर खोजतलास थालेको थियो ।
कोसी कसैलाई दबाब दिन र तर्साउनका लागि पेस्तोल भारतबाट ल्याएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
अन्नपूर्ण पोष्ट





