गोर्खा अनलाइन रेडियो यूके,।
सामाजिक सञ्जालमा अग्रणी मानिएका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा विश्वभरी नै समस्या देखिएको छ । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुले बताएका छन् ।
यूके, अमेरीका लगायत युरोपमा समेत फेसबुकमा समस्या देखिएको छ । सामाजिक संजालमा भएको प्रभावका कारण विभिन्न ख्यालठट्टा गरिएका छन् । एक जनाले भनेका छन् फेसबुक नचलेकोले हात नै नभएजस्तो भएको छ, तेस्तै अर्का एकजनाले फेसबुक डाउन भएकोले आनन्दले बस्ने बेला आएको भनेका छन् ।





