गोर्खा अनलाइन रेडियो यूके,
सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किंग गरेर राखिएको मनाङ एयरको हेलिकप्टरसँग चिप्लिएर विमान ठोक्किदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
विमानका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । समिट एअरमा रहेका अन्य ४ जना सकुसल रहेको जानकारी प्राप्त भएको छ । नेपाली नयाँ वर्षको शुरुवातसंगै उक्त दुखद घटना भएको छ । फोटो साभार – अनलाइन





