पोखरा । पोखराको औद्योगिक क्षेत्र नजिकै सडक छेउको नालीमा एक महिलाको शव फेला परेको छ।
सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा नालीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति टाढा रहेको छ।
अहिलेसम्म उक्त शव महिलाको भएपनि उनको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
सडकमा गाडी कुरेर बसेकी महिलाले पानीमा शव रहेको भन्दै हल्ला खल्ला गरेपछि उक्त घटना सार्बजनिक भएको हो।
डिसी नेपाल





