सप्तरी । सप्तरीमा एक जना टेम्पो चालक आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सप्तकोशी नगरपालिकामा स १ ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गा बहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतकको मुखबाट र्याल निस्केकाले विष खाएर गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनको शवलाई परीक्षणका लागि सगरमाथामा अञ्चल अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ।
डिसी नेपाल





