गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० अर्थात भिजिट नेपाल ट्वान्टी ट्वान्टी को रुपमा घोषणा गरे अनुरुप लन्डनस्थित नेपाली दूतावासको संयोजनमा यहाँका स्थानीय नेपाली समुदायको सक्रियतामा २२ वटा समितिहरु गठन गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल एवं प्रवर्धन गराउने उद्देश्यले बेलायतस्थित नेपाली समुदाय भित्रका विभिन्न क्षेत्र, भूगोल,पेशा, जाति आदिलाई समेटेर उक्त समितिको गठन गरिएको हो । गत जनवरी महिनामा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा गठित नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायत अन्तर्गत उक्त समितिहरुको गठन गरिएको हो ।
घोषणा गरिएका २२ वटै समितिमा संयोजक, सहसंयोजक र सचिवको चयन भैसकेको छ भने उक्त समितिमा रहेर काम गर्न इच्छुक सबैलाई समेट्न सकिने व्यबस्था समेत गरिएको छ । समितिको घोषणा गर्दै नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका सदस्य सचिव तथा लन्डन दूतावासका प्रवक्ता शरदराज आरनले सम्पूर्ण समितिहरुलाई दूतावासको समन्वयमा आ-आफ्नै ढंगले कार्यक्रम तथा योजना तर्जुमा गर्ने आवश्यकता अनुसार दूतावासले र आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका अध्यक्ष समेत रहनुभएका राजदूत डा दुर्गाबहादुर सुवेदीले गठित तयारी समितिहरुले पर्यटन क्षेत्रलाइ मात्र नभएर कला,संस्कृति, भाषा तथा नेपाली खानालाई समेत प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।
आफ्नो अध्यक्षतामा गठित समितिहरुलाई चयन गर्ने क्रममा बेलायतवासी नेपाली समुदायभित्रको सबै क्षेत्र, भूगोल, पेशा, जाति आदिलाई समेट्ने प्रयास गरेको पनि बताउनुभयो । सन् २०१९ र २०२० मा बे लायातबाट १ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य दूतावासको रहेको छ । जस अनुरुप बेलायतका विभिन्न क्षेत्रमा नेपालको कला संस्कृति, भाषा, भेषभूषा, नाटक संगीत, चलचित्र, खाना लगायतका प्रदर्शन गराएर नेपालको पर्यटन प्रबर्धन गराउने कार्यक्रम रहेको छ ।
उच्चस्तरीय मूल समिति अन्तर्गत नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक सफल बनाउनको सफल बनाउनको लागि गठित समिति यस प्रकार रहेको छ सुन्नुहोस |
[embedyt] https://www.youtube.com/watch?v=clJmISII99Y[/embedyt]
फोटो एभेरेष्ट गौतम, शिव भण्डारी





