विश्वकप छनौटमा नेपालको सुखद सुरुवात, सिंगापुरलाई २ सय १७ रनले हरायो

काठमाडौं – एसियन १९ वर्ष मुनीको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिंगापुरमाथि नेपाल २ सय १७ रनले विजयी हासिल गरेको हो ।
य –१९ विश्वकपको छनोटका लागि नेपालले सुखद सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए।

त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए। सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए। यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित