पाकिस्तानको क्वेटामा बम विस्फोट, १६ जनाको मृत्यु

बीबीसी। पाकिस्तानको बलुस्तिान प्रान्तको राजधानी क्वेटाको हजारगंज इलाकामा भएको बम विस्फोटमा पनि १६ जनको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार यो विस्फोट स्थानीय समय अनुसार करिव आठ बजे हजारगंज इलाको तरकारी बजारमा भएको थियो। समाचार एजेन्सी एपीपीका अनुसार आक्रमणकारीले बजारमा रहेको प्रहरी भ्यानलाई लक्षित गर्दै विस्फोट गराएका थिए।

प्रहरी डीआईजी अब्दु रज्जाक चीमाले पत्रकारसँ कुरा गर्दै भने–यो आक्रमणमा १६ जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना हजारा समुदायका हुन्। मृत्यु हुनेमा एक जना प्रहरी जवान छन् भने बाँकी तरकारी बजारमा काम गर्ने छन्।’

विस्फोटका विषयमा जनकारी दिँदै उनले भने–सुरक्षाकर्मीको एउटा भ्यान तरकारी बजारको एउटा आलु पसल अगाडि पुग्दा विस्फोट भयो।’
विस्फोट कसले गरायो भन्ने विषयमा केही पनि खुलेको छैन। आत्मघाती विस्फोट हो वा होइन भन्ने विषयमा जाँच भइरहेको प्रहरीले जनाएको छ। विस्फोट आलु पसल बाहिर भएको थियो। विस्फोट हुँदा त्यहाँ धेरै मानिस काम गरिरहेका थिए।

विस्फोटपछि सुरक्षा निकायले उक्त इलाकालाई घेराबन्दी गरेका छन्। बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। विस्फोटमा घाइते भएकाको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार हजारगंज इलाकामा शिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ। समाचार एजेन्सी एएफपीका अनुसार विस्फोटमा मृत्यु हुने र घाइते भएका अधिकांश यही समुदायका छन्। पाकिस्तानमा हजारा शिया समुदायमाथि पहिला पनि आक्रमण हुने गरेको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित