गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, लण्डनमा स्थापित एक च्यारीटी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो २०औँ स्थापना दिवसको अवसर पारेर लन्डन मेयरको कार्यालय रहेको भवन ‘लन्डन सिटी हलमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपाल नेटवर्कका मिडिया संयोजक भगीरथ योगी,हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष प्रणव ज्ञावलीका साथै लण्डनका डिपुटी ( बिजनेस ) मेयर राजेश अग्रवाल र लन्डन एसेम्बलीमा लेबर पार्टीका नेता लेन डुभल (ओबिई) को समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुरुमा हेल्प नेपाल नेटवर्कका अध्यक्ष डा प्रणव ज्ञवालीलद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो । बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कद्वारा गरिएको कामको प्रशंसा गर्दै राम्रो कामलाई सघाउन बेलायातवासी नेपालीहरु सधैं अग्रसर रहेको पनि बताए । कार्यक्रममा देखाइएको भीडीयो प्रेजेन्टेशनबाट थुप्रै कुराहरुको बारेमा स्पष्ट भएकोले नेटवर्कले गरेको कामको प्रशंसा गरेका थिए । गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले महिनामा एक पौण्ड वा एक डलर उठाएर पनि नेपालमा विपन्न समुदायको हितमा काम गर्न सकिन्छ भनेर हेल्प नेपाल नेटवर्कले प्रमाणित गरेको बताए । नेटवर्कले गर्न लागेको दोलखास्थित राजकुलेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणमा एनआरएनले पनि सघाउने कुराको विश्वास दिलाएका छन् ।
एनआरएन यूके अध्यक्ष योग कुलार फगामीले हेल्प नेपाल नेटवर्कले नेपालमा पुर्याएको काम सह्रानीय रहेको बताएका थिए । लण्डनका डेपुटी मेयर राजेश अग्रवालले आफू पहिलो हिन्दू डिपुटी मेयर भएको बताउदै हेल्प नेपाल नेत्वर्क्ल्व गर्दै आयको कामको प्रशंसा गरेका थिए । आफ्नो कार्यालयले गर्न सक्ने कामको सहयोका लागि आफू तत्पर रहेको बताउदै अग्रवालले लन्डन र नेपालबीचको व्यापारिक सम्बन्ध विस्तारलाई गर्न इच्छुक रहेको पनि बताएका थिए । तेस्तै लन्डन एसेम्बलीमा लेबर पारेतीका नेता लेन डुभलले पनि हेल्प नेपाल मार्फत बेलायतवासी नेपालीहरुले नेपालका लागि गरेको योगदानको प्रशंसा गरेका थिए । हेल्प नेपाल नेटवर्कका नेपाल अध्यक्ष अरुणसिंह बस्नेतले आफु सहयोगको अपेक्षाको लागि नभएर बेलायतवासी सहयोगीहरुलाई धन्यबाद दिनका लागि नेपालबाट आएको बताएका थिए ।
प्राप्त रकम सहि ठाउमा र सहि ढंगले सदुपयोग भएको विश्वास दिलाएका थिए । नेटवर्कका मिडिया संयोजक भगीरथ योगीले नेत्व्र्का गतिविधिहरुको बारेमा प्रस्तुत गरेका थिए भने हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले पनि हेल्प नेपाल नेटवर्क यूके शाखाको गतिविधिलाई प्रस्तुत गरेका थिए । हेल्प नेपाल नेटवर्कद्वारा अहिलेसम्म शिक्षा क्षेत्रमा स्कुल निर्माण, ईलाइब्रेरी स्थापना लगायत १ सय २५ प्रोजेक्ट तथा स्वास्थ्य क्षेत्रमा हेल्थ पोस्ट निर्माण, स्वास्थ्य शिविरदेखि, मेडिकल सामग्री सहायतासहितका ३२ प्रोजेक्ट पूरा गरिसकेको छ । भुकम्पका बेला २६ सय अस्थायी सेल्टर निर्माण, ६३ वटा स्वास्थ्य शिविर, ४ लजिंग सेन्टर, १ सय ४० शौचालय र ७ स्कुल निर्माणको कार्य गरेको नेटवर्कले अरु विभिन्न २५ वटा विपतका घटनामा समेत पीडितलाई सहयोग पुर्याउदै आएको बताएको छ ।
नेटवर्कले १० करोड रुपिया उठाउने लक्ष्य राखेर स्थापना गरेको परोपकारी कोषमा अहिले ६ करोड रुपिया पुगिसकेको छ । हेल्प नेपाल नेटवर्कका सदस्य यादव भण्डारीले सबैलाई धन्यवाद दिएका थिए । दुई घन्टाका लागि निर्धारित समय तोकिएको सो कार्यक्रममा नाम्लो ब्यान्डका गङ्गा थापाले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
गङ्गा थापाको प्रस्तुती सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=zuFBrWrBC3I[/embedyt]





