छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोप लागेका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पूर्वी चितवन खैरहनीकी एक युवतीले आफू बुवाबाटै पटक पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि उनका बुवा फरार थिए। बुधबार राति आरोपितलाई नुवाकोटबाट पक्राउ गरेर चितवन ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले बताए।

उनलाई नुवाकोटको बेलकोट ७ मा बुधबार बिहान ११ बजे समातेको डिएपी रेग्मीले बताए। ‘प्रहरीमा २५ गते उजुरी परेको हो। जसमा २१ गते आफूलाई दुब्र्यवहार गरेको निवेदकले उल्लेख गरेकी छन्। त्योभन्दा अघि पनि त्यस्ता घटनाहरु हुने गरेको उनको भानइ छ’ डिएसपी रेग्मीले भने। छोरीको उमेर १६ वर्षको छ। घरमा आमा नभएका बेलामा यस्तो घटना भएको प्रहरीको भानइ छ।
टिभि अन्नपुर्ण

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित