सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ ।

तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले बताउनुभयो ।

“विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ,” उहाँले भन्नुभयो, “विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।”

निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित