नेपाल-भारत सीमा नाका बन्द

भीमदत्तनगर । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार रातिबाट बन्द भएको छ।

यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए।

साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो। भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो।

हिजा मंगलबार रातिबाट बन्द भएका सीमा नाका आगामी चैत २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन्। सीमा नाका बन्दसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या समाधान गरिने प्रहरीले जनाएको छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित