गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेप्लिज सेफ एशोसिएसन यूकेको दोस्रो अधिवेशनको प्रमुख अतिथीको रुपमा स्वागत मन्तव्यका क्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले राजदूतको पद पनि सेफ जस्तै रहेको आफ्नो धारणा व्यक्त गरेका छन् । आफूले पनि पकाइरहनुपर्ने, खुवाईरहनुपर्ने, मिष्टानं बनाइरहनु पर्ने र मीठो भयो कि भएन भनेर सोधिरहनुपर्ने बताएका छन् । नेपालबाट आउनुहुने उच्च तहका अधिकारी, पदाधिकारी लगायत बेलायतका उच्च पदस्थ राजपरिवारका सदस्यहरुलाई आफ्नो नेतृत्वको दूतावासमा नेपाली खाना खुवाउनु र खाना कस्तो छ भनेर रेष्टुरेन्टमा जस्तै सोध्नु पर्ने आफ्नी कर्तव्य रहेको राजदूत सुवेदीले बताए । आफू खाना पकाउने मामलामा पोख्त नरहेता पनि श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी भने नेपाली परिकारमा भने निकै पोख्त रहेको खुलासा गर्दै आफू पनि निकट भविष्यमा भने सानोतिनो सेफ बन्ने चाहना रहेको बताए ।
नेपाल, नेपाली र नेपालका पर्यटकीय क्षेत्रलाई चिनाउनको लागि देशको राजदूत मात्र पर्याप्त नहुने र यहाँका सम्पूर्ण नेपाली पनि राजदूत सरह रहेको धारणा ब्यक्त गरेका छन् । बेलायतीहरुले गोर्खा र गोर्खा करीलाई राम्रैसँग चिनेको हुँदा यी परिकारहरु नेपाल नेपालीको परिचयको विषय रहेको बताएका छन् । नेपालीहरुले आफ्नो इमान्दारीता र मिलनसारीतालाई कायम राखेर विदेशी ग्राहकहरुको मन जित्न सक्नुपर्ने बताउंदै मिठो खाने कुरा थालीमा राखेर दिन भन्दा खाना दिएर सोध्ने लय र शब्दले नै ग्राहक आकर्षित हुने भएकोले नेपालीपनको स्नेह देखाइरहनको लागि समेत आग्रह गरेका छन् । मिलनसारिता र इमान्दारिता लाई कायम राख्नुपर्ने र वहादुरीता त पुर्खादेखि नै आएको लालपूर्जा रहेको उनले बताए । बेलायतको राजदरबारमा लगायत विश्वका हरेक ठाउँमा लोकप्रिय रहेको चिकन टिक्का मसलालाई सन् १९६० को दशकमा नेपाली सेफ कृष्णबहादुर थापाले ल्याएको भएपनि यसलाई भारतीय खानाको रुपमा चिनिदैं आएको छ, यसलाई नेप्लिज सेफले ल्याएको र नेपाली खाना भएको प्रमाणित गर्नको लागि नेपाल सेफ एशोसिएसन, नेपाल क्याटरिंग एशोसिएसन लगायत सम्पूर्ण नेपालीलाई अनुरोध गर्दै आफूले पनि त्यसको लागि सहोग गर्ने राजदूत सुवेदीले वचन दिएका छन् ।
पूरा भीडीयो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=mt3glJuk7fM[/embedyt]





