७ जिल्लाका सीडीओ परिवर्तन

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ ।

गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।

सोमबारको मन्त्रिस्तरीय निर्णय अनुसार २३ जना उप–सचिवको सरुवा भएको मन्त्रालयले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित