बारामा फेरि हुरीको बितण्डा : घरका छाना उडे, एसईई परीक्षा प्रभावित

बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ । असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।

हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।

हुरीले एसईई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ । सिमरा क्षेत्रका सुपरिटेन्डेन्ट शंकर आचार्यले भने, ‘आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको छ।’

यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहाँको अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।


अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित