काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दावी गरेका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलार्ई सरकारले प्रतिबन्ध लगाएपछि महासचिव बैद्य सरकारप्रति आक्रामक बन्दै गएका छन्। सरकारले फेरि द्वन्द्व निम्त्याउनका लागि विप्लव समूहलाई प्रतिबन्ध लगाएको बताए।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव बैद्यको तर्क छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले सो समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दवाव दिए।
महासचिव बैद्यले प्रधानमन्त्री ओलीले मुलुकको धरातलीय यथार्थलाई भुलेर गरिवी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दावी पनि गरे।
डिसी नेपाल





