काठमाडौँ । वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ।
ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको आजै दिउँसो शल्यक्रिया गरिएको थियो। हाल उनको उक्त अस्पतालको सिसीयूकक्षमा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सक डा. रोशना तिमिल्सिनाका अनुसार साहित्यकार प्रश्रितको स्वास्थ्यमा निकै सुधार आएको छ। उनी खतरामुक्त छन्।
काठमाडौंबाट–बुटवलको यात्रामा रहेका ७८ वर्षीय साहित्यकार प्रश्रितलाई हृदयघात भएपछि तत्कालै उपचारका लागि उक्त अस्पताल ल्याइएको हो।
उनको उपचारमा डा रञ्जितकुमार शर्मासहितको टोली संलग्न रहेको छ।
डिसी नेपाल





