भव्य रुपमा मनाइयो काठमाडौंमा पूर्खा दिवस

काठमाडौं । नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा आज नेपालमा पुर्खा दिवस भब्य रुपले मनाइएको छ।

गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै देश–विदेशमा रहेका नेपालीहरुले पूर्खा दिवस मनाउदै आएको छ।

पर्वकै रुपमा दिवसलाई मनाउदै विश्व शान्तिका लागि प्रथम र दोस्रो विश्वयुद्ध तथा क्षेत्रीय युद्ध लड्दा जीवन गुमाएका बीर गोर्खालीहरुको स्मरण गरी सम्मान गरिएको थियो भने दोस्रो विश्वयुद्ध लडेका, जिउदो सहिद भनेर परिचित मानबीर लिम्बुलाई अभिनन्दन गरिएको थियो।

ललितपुरको सातदोबाटोस्थित नेपाल कराँते महासंघको कवर्डहलमा भएको कार्यक्रम, नेपाल सशस्त्र प्रहरीका पूर्वआइजिपि दुर्जकुमार राई, राष्ट्रिय गीतको रचनाकार ब्याकुल माइलाको उपस्थितिले विशेष बन्यो।

त्यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार राधेश्याम दाहाल, गेसो उपाध्यक्ष मणीकुमार राई, अल्टा म्याराथन धाविका मिरा राई लगायत विद्यार्थी, खोलाडीहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा नेपालीको बीरता र विश्व शान्ति स्थापनाका लागि गरेको महान् त्याग, तपस्या र योगदानको बारेमा चर्चा गरिएको थियो।

कार्यक्रममा वक्ताहरुले तिनै बीर गोर्खालीका सन्तानहरुले अहिले विश्व सामु शीर ठाडो पारेर हिड्न पाइरहेको उल्लेख गर्दै शीर झुकाउनुपर्ने गल्तीहरु कुनै पनि नेपालीले नगर्न आव्हान् गरिएको थियो।

गोर्खा दिवस नामले सम्पूर्ण पुर्खाको योगदान नसमेटिने निश्कर्षसहित पुर्खा दिवस नामाकरण गरी सन् २००५ अप्रील ५ देखि यो दिवस मनाउन थालिएको थियो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित