परिवारका सबैमा अपाङ्गताले छाक टार्न समस्या

बझाङ : जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ ।

घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उहाँहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उहाँकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र १२ वर्षीय नवीनलाई अपाङ्गता भएपछि परिवार सधै समस्यामा पर्दै आएको छ । काम गर्ने अर्को मान्छे कोही नभएपछि बोहरा परिवार जिल्लाका विभिन्न ठाउँमा माग्दै गुजारा चलाउने गर्छन् ।

घरका सबैमा अपाङ्गता भएकाकाले यो परिवारलाई जीवन धान्न समस्या छ । घरमूली रहेका नरिको दाँया खुट्टामा समस्या भएकोले हिँडडुल गर्ने समस्या छ । त्यसैगरी उहाँकी श्रीमती भागादेवीको पनि दायाँ खुुट्टा चल्दैन । त्यसैगरी दुबै छोरा न्यून दृष्टिका हुन् ।

जिल्लाको दुर्गम देउलीकोटबाट परिवारनै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सङ्कलन गर्ने प्रमाण बनाउन आएका थिए । आफ्ना दुई छोरासहित सदरमुकाम चैनपुर आर्थिक सहयोग माग्दै आएका नरिले भन्नुभयो, “घरमा काम गर्ने कोही छैन, सबैमा अपाङ्गता छ, छोराछोरी पढाउन खान लाउन समस्या छ त्यसैले बजारमा माग्दै छु ।”

बाठपाली माविमा अध्ययन गर्दै आएका छोराहरुलाई आर्थिक अभावका कारण विद्यालय छुटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । बोहराको परिवारमा चारै जनासँग अपाङ्गता परिचयपत्र छ । कान्छो छोरा नवीनको (क) श्रेणीको अपाङ्गता परिचयपत्र भएकाले सरकारले मासिक रु दुई हजार दिने गरेकोले त्यसैबाट घर खर्च चलाउँदै आएको बोहराले बताउनुभयो । घरका अन्य तीन जनासँग (घ) श्रेणीको परिचयपत्र भएकाले राज्यबाट पाउनुपर्ने सुविधाबाट उहाँहरु वञ्चित हुनुहुन्छ । आफूहरुले पनि राहत पाउने पर्ने उहाँहरुको माग छ ।

घरमूली नरिको एक्कासि खुट्टामा घाउ भएर उपचार गर्न नपाएर अपाङ्गता भएको हो भने उहाँकी श्रीमतीको जन्मजात एउटा खुट्टा चल्न नसक्ने थियो । त्यसैगरी बोहराका दुवै छोरा जन्मजात न्यून दृष्टिका हुन् । जेठो छोरा रवीन्द्रको धनगढी उपचार गरेर सामान्य उपचार हिँडडुल गर्न सक्नुहुन्छ भने कान्छो छोरा नवीनले अरुको सहारा लिनुपर्छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित