पर्सा । प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको वीरगञ्जको लक्ष्मनवा र नगवार गणेश टोलको सडक तथा नालाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज शिलान्यास गरे । सो सडक तथा नाला निर्माण सम्पन्न भएपछि वर्षायाममा डुबानको समस्या खेप्दै आएको नगरवासीलाई राहत हुनेछ । त्यस लक्ष्मनवामा निर्माण हुने सडक तथा नालाले ग्रामीण क्षेत्रलाई शहरसँग जोडनेछ ।
दुई सडकको शिलान्यास गरेपछि आयोजना भएको कार्यक्रम्मलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निर्माणकार्यमा गुणस्तरसँग कुनै सम्झौता नगरिने जानकारी दिए । उनले आफ्नै निर्वाचन क्षेत्रमा निर्माण भइरहेको सडक नालाको गुणस्तरबारे गुनासो आएको सम्बन्धित कार्यालय इञ्जिनीयर, कार्यालय प्रमुख र ठेकेदारलाई कारवाहीको दायरमा ल्याउने बताए ।
उनले विकास कार्यलाई गुणस्तरीय बनाउन प्रदेश सरकारले चाँडै खरीद ऐन ल्याउने जानकारी दिए । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवामा रु पाँच करोड ८ लाखको लागतमा सो निर्माण कार्य हुने भएको छ ।
डिसी नेपाल





