पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी

बेझाड : कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य दु्रत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् ।

पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल विसं २०७२ फागुन १६ गते शिलान्यास भएको थियो । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको सो पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा निर्माण हँुदैछ ।

कालीगण्डकी वेशी क्षेत्रमै गुणस्तरीय, नमूना र तीव्र गतिमा पुल निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराई बताउनुहुन्छ ।

पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ । “यो महीनाभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ, फागुनभित्रमा सम्पन्न गर्ने भनिएपनि प्राविधिक कारणले सम्पन्न गर्न कठिनाई भएपछि एक महीना पुल निर्माण कार्य लम्बिन पुगेको छ” उहाँले भन्नुभयो ।

नयाँ वर्ष शुरुआतसँगै पुल सञ्चालनमा आउने पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

पुलबाट सहज र सुरक्षित रुपमा यात्रा गर्न सकिने र गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका हुन् ।

पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका लगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नमूनाकै रुपमा छिटो छरितो पुल निर्माण भएको देख्दा रमाइलो लागेको रामपुर नगरपालिका–६ का स्थानीयवासी कृष्णकुमार अर्याल बताउनुहुन्छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित