कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन १० गते अनिता पौडेलको हत्या भएको थियो । त्यसलगत्तै प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
अनलाइन खबर





