विप्लव समूहका ५ सय ४० नेता कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो।

वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरूद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ।

प्रहरी प्रवक्ता सुवेदीले राज्यविरूद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए।

‘पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौं र केहीलाई विभिन्न कसूरअन्तर्गत मुद्दा चलाएका छौं’, उनले भने।

विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको निधन भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित