काठमाडौं । भिजिट भिषामा वैदेशिक रोजगारको लागि पठाउने भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्।
सोमबार भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने भोजपुर हतुवागढी गाउँपालिका ९ की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट पक्राउ गरेको हो।
काठमाडौंको पिंगलास्थान स्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका २ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल





