काठमाडौं । झापाको शिबसताक्षी नगरपालिका ७ सिमलचौक बस्ने ४६ वर्षीय रामकुमार दर्जी मेचीनगर नगरपालिका ६ काँकडभिट्टा बसपार्कमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
त्यस्तै पर्वतको कुश्मा नगरपालिका ५ मेलमिलाप चोकस्थित डेरा गरी बस्ने गोरखा धर्जे गाउँपालिका ७ लापुका ६५ वर्षीय सुकपाल गुरुङ बुधबार बिहान कोठा भित्र मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल





