गर्भवती महिलाको लागि अण्डा

बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थान वडा कार्यालयले वडाका गर्भवती महिलाहरुका लागि अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । गर्भवती महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले स्वास्थ्य चौकीमा जाँच गर्न आउँने बेला अण्डा प्रदान गर्न थालिएको हो ।

वडा कार्यालयले वडा कार्यालयको स्वास्थ्य कार्यक्रमबाट विनियोजित बजेटबाट यस्तो कार्यक्रम सुरु गरिएको वार्ड अध्यक्ष चक्रबहादुर खत्रीले बताए । खत्रीका अनुसार गर्भावस्थामा रहेका महिलाहरुले स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्ने क्रममा अण्डा दिएर पठाइने गरेको नारायणस्थान स्वास्थय चौकीमा प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।

उनका अनुसार गर्भावस्थामा अनिवार्य रुपमा चार पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले पहिलो, दोस्रो, तेस्रो र चौथो जाँचका लागि स्वास्थ्यचौकीमा आउँने गर्भवती महिलाहरुलाई एक–एक क्यारेट कुखुराको अण्डा दिन थालिएको शर्माको भनाई छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित