छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

हेटौंडा । आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।

पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

बुवाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो । माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् ।

प्रहरीले मंगलबार हेटौंडाको एक होटलबाट करणीको आरोपमा एक युवालाई पक्राउ गरेको छ । हेटौंडा १० स्थित होटलबाट नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहानगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन् ।

मकवानपुरको पूर्वी भेगको बालिकालाई त्रास देखाएर होटलमा पु¥याइ करणी गरेको बालिकाले आरोप लगाएकी छिन् । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई होटलको कोठासम्म पु¥याएको आरोपमा बस्नेतलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

होटलबाट उम्केर आएकी उनले प्रहरीमा खबर गरेपछि प्रहरीले बस्नेतलाई खोजी गरी पक्राउ गरेको हो ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित