बागलुङ – २०५६ साल भदौ ७ गते बागलुङ नगरपालिका–११ (साविकको रायडाँडा गाविस) लाई खानेपानी उपलव्ध गराउने गरी सुरु भएको रायडाँडा खानेपानी आयोजना १९ बर्ष बितिसक्दा समेत सम्पन्न भएको छैन । उपभोक्ता समितिमार्फत काम भैरहेको योजनाको हाल सम्मको प्रगति ८३ प्रतिशत मात्रै छ । नेपाल सरकार खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत उपभोक्ता समितिलाई बर्षेनी बजेट उपलव्ध गराउँदै आएको छ । तर सरकारले हरेक बर्ष उपलव्ध गराउने बजेटले आयोजनाअन्तर्गतका स–साना काम गर्न समेत पुग्दैन । ‘उपभोक्ताले गरेको कामभन्दा निकै कम पैसा आउँछ, कामको भुक्तानी दिननै पुग्दै’ आयोजनाका अध्यक्ष दिपेन्द्र थापाले भने ‘समयमा भुक्तानी नभएकाले सबै काम सकियो भन्न पाईएको छैन् ।’ थापाका अनुसार आयोजनाअन्तर्गत केही बस्तीमा धारा पु¥याउने, जमिन बाहिर रहेको पाईपलाई जमिन मुनि गाँड्ने लगायतका काम मात्रै बाँकी छन् ।
द्धन्द्धको समयमा साविकको जिल्ला बिकास समितिलाई चालिस लाख रुपैयाँ मात्रै बजेट आउँदा समेत यो योजनालाई १० हजारले सम्बोधन गरिएको थियो । रायडाँडाका सर्वसाधारणको घरमा निर्वाध पानी आउने दिन आउन भने अझै केही बर्ष कुर्नुपर्ने देखिएको छ । ४ हजार ७२२ घरधुरीमा खानेपानी पु¥याउने गरी सुरु भएको आयोजना कहिले सकिन्छ भन्ने अत्तोपत्तो छैन । चालु आर्थिक बर्षमा समेत यो आयोजनाका लागि ३ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । गत बर्षनै उपभोक्ताले गरेको कामको भुक्तानी नपाएकाले यस पटक उपभोक्ता समिति बजेट सम्झौता गर्नै आएको छैन् । प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जिम्मेबारी लिएर यो योजनाका बाँकी काम अघि बढाएको छ । ‘गत बर्षकै पैसा पाईएको छैन, यो बर्ष बजेट भए नभएको बिषयमा जानकारी भएन’ अध्यक्ष थापाले भने ‘नयाँ स्टमेट गरेर आउने बजेटले गत बर्षको भुक्तानी गर्न मिल्दैन नयाँ काम गर्न उपभोक्ता तयार छैनन् ।’ आगामी २०७७ सालको असार मसान्तसम्म आयोजनाको काम सक्न सजिलो जवाफ डिभिजन कार्यालयसँग छ । २ करोड ९० लाख ५० हजार लागत स्टमेट गरिएको यो योजनामा हालसम्म २ करोड १८ लाख ६२ हजार रुपैयाँ खर्च भैसकेको डिभिजनका सूचना अधिकारी बिक्रम प्रसाद साहले बताए । २०५६ सालको भदौ ७ गते स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेर सुरु भएको बुर्तिवाङ खानेपानी आयोजनाको पनि १९ बर्ष समय बितेको छ । कामको प्रगति भने ४८ प्रतिशत मात्रै छ । हालको ढोरपाटन नगरपालिकाका १२ हजार ७ सय ४४ घरधुरीलाई खानेपानी पु¥याउने लक्षका साथ सुरु भएको योजना समयमा मागेजति बजेट नपाएकै कारण सम्पन्न हुन नसकेको हो । आयोजनाका आधारभुत कामबाहेक अरु भएको छैन् । ‘बर्षेनी बजेट आउँछ क्रमागत योजना भएकाले बजेटले थेग्ने काम मात्रै हुन्छन् बाँकी काम अर्को बर्षलाई सरेर जान्छन्’ सूचना अधिकारी साहले भने ‘हामीले दिएको बजेट कार्यान्वयन गराउने र चाहिने बजेट माग्ने मात्रै हो ।’ ढोरपाटनमा खानेपानी पु¥याउन योजनाको प्रगतिको हिसाबले हेर्ने होभने अझै २० बर्ष कुर्नुपर्ने देखिन्छ किनकी १९ बर्षको प्रगतिले ४८ प्रतिशत मात्रै देखाएको छ । यो आयोजनाको कुल लागत ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ हो । हालसम्म ९ करोडभन्दा धेरै रकम खर्च भैसकेको छ । बाँकी काम पुरा गर्न झण्डै ३ करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयले जनाएको छ ।
यो आयोजना बागलुङको पश्मिकै ठुलो आयोजना हो । जिल्लाको दक्षिण क्षेत्रको केन्द्र कुश्मीशेरा बजारमा खानेपानीको आपुर्ति गर्नेगरी बृहत कुश्मीशेरा खानेपानी आयोजना सुरु भएको ९ बर्ष पुग्यो । जैमिनी नगरपालिकाको केन्द्र (साविकको कुश्मीशेरा गाविस) लाई खानेपानी पु¥याउने गरी सुरु भएको योजनाको प्रगति हालसम्म ५० प्रतिशत मात्रै छ । आयोजनाको मुहानदेखि रिजर्ब ट्याङ्की सम्मका काम भएका छन् । आयोजना अन्तरगतका टुक्रे योजनाहरुको काम पनि अलपत्र अवस्थामानै छन् । ५ हजार ३८२ घरधुरीलाई खानेपानी पु¥याउने लक्षका साथ सुरु भएको यो योजना पनि अर्पाप्त बजेटकै कारण समयमा सम्पन्न हुन नसकेको हो । कुल ६ करोड १८ लाख १८ हजार रुपैयाँ लागत स्टमेट गरिएको यो योजनामा हालसम्म ३ करोड ३६ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । यो बर्ष पनि आयोजनाका लागि ७ लाख ८८ हजार रुपैयाँ मात्रै बजेट बिनियोजन भएको छ । सामान्य तया खानेपानी आयोजना सम्पन्न गर्ने अबधि दुई बर्षलाई मानेर प्रारम्भीक स्टमेट गरिने गरेको प्राबिधकहरु बताउँछन् । बागलुङ जिल्लामा १९ बर्ष समय अबधि पुरा गरेकादेखि नयाँ सुरु भएकासम्म ६३ योजना डिभिज कार्यालयमार्फत सञ्चालन भैरहेका छन्भने केही ठुला योजनाहरु केन्द्र सरकार मातहतमा ठेकेदार कम्पनीमार्फत सञ्चालनमा रहेका छन् । प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका योजनाहरुको काम गर्दा स्थानीय सरकारसँग डिभिजनले समन्वय नगरेको गुनासो छ । ‘बर्षौं पहिला बनेका उपभोक्ता समितिका खातामा रकम पठाएर काम अल्झाईरहेको छ’ बानपा–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने ‘लामो समय अल्झेका योजनाको बिषयमा हामीले चासो राख्दा समेत डिभिजनले बेवास्ता ग¥यो ।’ उपभोक्तालाई पूर्ण बजेट उपलव्ध गराएर काम गर्न कार्यालयले दिँदैन । खरिदका काम कार्यालयमार्फत हुने र जडान तथा निर्माणका काम मात्रै उपभोक्ता समितिले गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेलले बताए ।
जनमञ्च





